फरक दर्शन बोकेका दलको साझा दस्तावेज मस्यौदा : पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्रपौडेलले संविधानको मस्यौदा फरक राजनीतिक दर्शन बोके का दलहरुको साझा दस्तावेज भएकाले आपसमा बाझिएका बुँदा देखिएको बताउनुभएको छ । नेपाली काँग्रेस के न्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदामाथिको चिरफार विषयकविज्ञ प्रस्तुति कार्यक्रम’मा उपसभापति पौडेलले सो कु रा बताउनुभएको हो ।
बाझिएका बुँदालाई अन्तिम रुप दिने क्रममा सबै दलको सहमतिमा संशोधनगरिनेमा उहाँले जोड दिनुभयो । “संविधानको मस्यौदा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित छ, लोकतान्त्रिक मूल्य मान्यता विपरीतको संविधानको मस्यौदा ल्याउन हामी सहमत भएनौँ, मस्यौदामा सञ्चारमाध्यमका हक कु ण्ठित हुने कु नै व्यवस्था भए संशोधन गरिन्छ”– उहाँले भन्नुभयो ।
लोकतान्त्रिकअभ्यासबाट समाजवादमा प्रवेश गरिने भएकाले त्यस्तो समाजवाद लोकतान्त्रिक समाजवादको अवधारणाभन्दा फरक नहुनेमा पौडेलको जोड रहेको थियो । नेपाली काँग्रेसका महामन्त्री कृ ष्णप्रसाद सिटौलाले प्रदेशसहितको संविधान जारी नभएसम्म संविधान कार्यान्वयनमा नजाने भएकाले अधिकतम प्रयास गरी कार्यान्वयनमा जाने संविधानल्याउनुपर्ने बताउनुभयो ।
“नागरिकबाट संविधानको सुझाव आउने समयको सदुपयोगगरी शीर्ष नेताले नामाङ्कनर सीमाङ्कनसहितको आठ प्रदेशको संविधान जारी गर्ने गृहकार्य गर्नुपर्छ”–संविधान मस्यौदा समितिका सभापतिसमेत रहनुभएका नेता सिटौलाले भन्नुभयो । नेपाली काँग्रेसका के न्द्रीय सदस्य डा शेखर कोइरालाले बहुलवाद लोकतन्त्रको आधारभूत सिद्धान्त भएकाले संविधानको प्रस्तावनामा बहुलवादको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
संवैधानिककानुनका ज्ञाता डा विपिन अधिकारीले नेपालको भूराजनीतिक अवस्थालाई बेवास्ता गरेर लोकतान्त्रिक व्यवस्था चल्न नसक्ने भएकाले शोषित पीडितको प्रतिनिधित्व हुने निर्वाचनप्रणालीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता उपेन्द्रके शरी न्यौपानेले संविधानको मस्यौदा तयार पार्न सात वर्ष र जनताका सुझाव सङ्कलन गर्न १५ दिन पनि नदिनु लोकतान्त्रिक मूल्य हुन नसक्ने बताउनुभयो । न्यायपालिकाका विषयमा विश्लेषण गरेर संवैधानिक व्यवस्था गर्न नसके को पनि उहाँले बताउनुभयो ।
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले अदालत बलियो नभएमा लोकतन्त्र र कानुनमा खतरा आइरहने भएकाले संवैधानिक रुपमा अदालतलाई बलियो बनाइनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र सामाजिक लोकतन्त्र अध्ययन के न्द्रको सहयोगमा सम्पन्न कार्यक्रममा एसोसिएसनका अध्यक्ष गोपालकृ ष्ण घिमिरे, नेपाली काँग्रेस के न्द्रीय सदस्य गुरुराजघिमिरे, सभासद्हरु रेशमबहादुर पाण्डे, कमला पन्त र दीपकप्रसाद कु इँके ल, कानुन व्यवसायी अनिता सापकोटा, प्रदीपराजभट्ट, लक्ष्मी रावल र पुष्प सापकोटालगायतले संविधानमा लोकतान्त्रिक मूल्य मान्यताका विरुद्ध सम्झौता गर्न नहुनेमा काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।
0 comments
प्रतिक्रिया दिनुश