‘बिग बोस ९’ चलाएवापत सलमानले १० करोड लिने
एजेन्सी, मुम्बई, भदौ १०
भरतीय टेलिभिजनमा दशर्कको ठूलो घनत्व भएको टेलिभिजन सो ‘बिग बोस’ को नयाँ ‘सिजन’ लागि पनि सलमानले चलाउने बताइन्छ। स्रोतका अनुसार उनले तीन महिना कार्यक्रम चलाएवापत दश करोड लिनेछन् । छैठौं पटक बिग बोस चलाउन लागेका सलमानले विगतका अध्यायबाट ६ करोडसम्म लिएको बताइन्छ ।
गत साल बीचमै सलमानले कार्यक्रम छोडेपछि कार्यक्रमको साख पनि गिरेको थियो । त्यसैले यस वर्ष सलमानले माग गरेअनुसार पारिश्रमिक दिएर कार्यक्रम सुरु गर्न लागिएको जनाइएको छ । यस अध्यायका लागि रणवीर सिंह र अक्षय कुमारसँग पनि कुरा भएको तर, सलमानको लोकप्रियताले कार्यक्रमलाई बढी फाइदा दिने भएकाले सलमान नै रोजिएको स्रोतले बताउँछ ।
0 comments
प्रतिक्रिया दिनुश