फोर जी सेवा सञ्चालन गर्ने तयारीमा छौं'
| २०७२ भाद्र १० बिहीवार
१६ वर्षअघि नेपाल दूरसञ्चार संस्थानबाट प्रबन्धकको रूपमा करियर सुरु गरेका बुद्धिप्रसाद आचार्य अहिले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा कार्यरत छन्। सरकारले एक वर्षअघि उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।
सरकारले २०६१ वैशाख १ गतेबाट नेपाल दूरसञ्चार संस्थानलाई नेपाल टेलिकम कम्पनीमा परिणत गरेको थियो । टेलिकममा प्रवेश गर्नुअगाडि उनले चार्टर एकाउन्टेन्ट भएर काम गरेका थिए।
प्रबन्ध निर्देशक भएलगत्तै उनले टेलिकमको संरचनामा परिवर्तन, बजारमा टेलिकमलाई पुनः पहिलो स्थानमा स्थापित गर्ने र देशका प्रत्येक कुनाकाप्चामा टेलिकमको सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नियुक्तिको एक वर्षमै उनले नेपाल टेलिकमलाई बजारमा नम्बर एक कम्पनीका रूपमा पुनस्र्थापित गरिसके भने टेलिकमको संरचना परिवर्तन र सेवा विस्तारको काम केही महिनाभित्रै पूरा हुने क्रममा छ। यसै विषयमा केन्द्रित भएर आचार्यसँग अन्नपूर्णकर्मी मनोज बस्नेतले गरेको कुराकानी:
यहाँले नेपाल टेलिकमको प्रबन्धक निर्देशक हुनुअगाडि गरेका कति प्रतिबद्धता पूरा भए त?
म नेपाल टेलिकममा आउनुअगाडि गरेका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै लगिरहेको छु। यो कम्पनी संस्थागत हिसाबले हामी धेरै पुरानो रूपमा चलाइरहेका थियौं।
सेवा प्रवाहको हिसाबले पनि हामी धेरै अगाडि बढ्न सकिरहेका थिएनौं। हाम्रो संरचना पनि पुरानै हिसाबले चलेको थियो। त्यसले अहिलेको प्रतिस्पर्धालाई थेग्न सक्दैन भनेर मैले अब पुनर्संरचना गरेर अगाडि बढ्नुपर्छ भन्ने अठोट लिएर समयसापेक्ष सुधारका केही काम सुरु गरे।
त्यसका लागि विज्ञहरूबाट सुझाव लिएर प्रतिवेदन तयार गरिएको छ। प्रतिवेदनमाथि छलफल गरिसकेका छौं। अब छिट्टै निर्णय गरेर त्यो प्रतिवेदन कार्यान्वयन गर्दछौं।
पछिल्लो समय हामी सशक्त ढंगबाट टेलिकमलाई सुधार गर्ने अभियानमा धेरै अगाडि बढिसकेका छौं।त्योसँगै हामीले देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौं। देशका सबै कुनाकाप्चामा यो सेवा पुग्नु नै पर्छ।
प्रत्येक नेपाली जनताले नेपाल टेलिकमको सेवा उपभोग गर्न पाउनुपर्छ। सर्वसुलभ ढंगबाट कम लागतमा गुणस्तरीय सेवा उपभोग गर्न सबै नेपाली जनताले पाउनुपर्छ भन्ने हाम्रो मान्यता र योजना हो। त्यहीअनुसार सेवा विस्तारको कार्य अगाडि बढाएका छौं।
देशका ७५ वटै जिल्लामा अधिकांश सेवा पुर्याएका छौं। कतिपय ठाउँमा जिल्लालाई मात्र छोएको हुन सक्छ। त्यस्तो ठाउँमा जिल्ला, गाविसभर सेवा विस्तार गर्ने योजना धमाधम कार्यान्वयन भइरहेको छ।
यो एक वर्षमा हामीले धेरै ठाउँमा सेवा विस्तार गरिसकेका छौं । ग्राहकको चाहनाअनुरूप डाटा सेवालाई प्रभावकारी बनाइरहेका छौं। हामीले थ्रीजी सेवा देशभर विस्तार गरेका छौं। त्योसँगै सीडीएमए प्रविधिमा आधारित भएको ई-भिडियो प्रविधिको डाटा छ, त्यो डाटा पनि हामीले देशभरि नै पुर्यायौं।
पीएसटीएन लाइनमा एडीएसएल सेवाको डाटा छ, त्यो पनि लगभग देशभरि नै पुगिसकेको छ। सुरुमा नेपालमा हामीमात्रै टेलिकम सेवा प्रदायक कम्पनी थियौं तर पछिल्लो समय प्रतिस्पर्धात्मक हिसाबले अरू पनि आए।
केही समय हामी दोस्रो स्थानमा थियौं। यो कम्पनीलाई फेरि पहिलो स्थानमै फर्काउनुपर्छ अनि यो कम्पनी नेपाली जनताको कम्पनी भएकाले सधैं पहिलो स्थानमा नै रहिरहनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता थियो।
अहिले त्यो पूरा भएको छ। हामी देशको सबैभन्दा धेरै ग्राहक भएको टेलिकम सेवा प्रदायक कम्पनीको रूपमा पुनस्र्थापित भएका छौं । यीबाहेक मैले राखेका अन्य प्रतिबद्धता पूरा हुँदैछन्।
यहाँले नियुक्ति लिएलगत्तै एकीकृत बिलिङ प्रणाली ल्याउने घोषणा गर्नुभएको थियो। त्यो कहाँ पुग्यो ?
त्यो म आउनुभन्दा अगाडि नै सुरु भइसकेको योजना हो । यो योजना बीचमा केही समय रोकिएको रहेछ। म आइसकेपछि यो योजनालाई सबैसँग सहकार्य गरेर अगाडि बढाएँ।
हामीले ९० प्रतिशत ग्राहकको बिलिङ त्यस प्रणालीमा रूपान्तरण गरिसकेका छौं। अब जीएसएम सेवाअन्तर्गतको पोस्टपेडको बिलिङ सेवा र पीएसटीएनतिरका ग्राहकको बिलिङ सेवा त्यो प्रणालीमा लैजाने काम भइरहेको छ।
त्यो काम सकेपछि पूर्ण रूपमा एकीकृत बिलिङ प्रणाली सञ्चालनमा आउँछ। त्यसपछि ग्राहकले नेपाल टेलिकमको सेवा प्रयोग गर्दा जति किसिमको सेवा प्रयोग गरेको हुन्छ, त्यसको एकैपटक एउटै बिलिङबाट उसले त्यसको डाटा लिन सक्छ। अनि एकै ठाउँमा पैसा तिरेर टेलिकमका सबै सेवाको भरपूर उपयोग गर्न सकिन्छ।
टेलिकमले एकीकृत सूचना प्रणाली ल्याउने योजना अगाडि बढाएको थियो। किन त्यो अझै सञ्चालनमा आउन सकेको छैन ?
हो, टेलिकमले एकीकृत सूचना प्रणाली ल्याउने योजना अगाडि बढाएको थियो। त्यसमा केही समय आपूर्तिकर्ताका कारण सामान रोकिएर ढिलाइ भो।
सामान नआउँदा समयमै त्यसलाई कार्यान्वयन गर्न सकेनौं तर अहिले हामीले त्यसलाई छिट्टै सञ्चालनमा ल्याउन लागेका छौं। विभिन्न किसिमका प्याकेज बनाएर ग्राहकलाई त्यो सेवा प्रदान गर्दैछौं।
डाटा सेन्टरको काम कहाँ पुग्यो ?
डाटा सेन्टरको काम अझै सुरु भएको छैन । हामीले हाम्रो आवश्यकतासँगसँगै सरकारी र निजी क्षेत्रको आवश्यकतालाई समेत परिपूर्ति हुनेगरी डाटा सेन्टर सञ्चालन गर्ने योजना बनाएका हौं।
टेलिकमको यो वर्षको कार्यक्रममा त्यसलाई उच्च प्राथमिकतामा राखेका छौं। यो वर्ष डाटा सेन्टर खरिद गर्ने र त्यसमा नेपाल टेलिकमका सम्पूर्ण डाटा सुरक्षित राख्ने, सरकारी स्तरमा भएका डाटा पनि आवश्यक परेको समयमा त्यहाँ राख्न स्थान उपलब्ध गराउने र निजी क्षेत्रका डाटा पनि त्यहाँ राख्न मिल्ने बनाउँछौं।
संख्यात्मक हिसाबले हेर्दा आजको दिनमा सतप्रतिशत जनतामा टेलिकम पुगेको छ।
जस्तै, अहिले तपाईं देख्नुहुन्छ, बैंकहरू, अन्य सघसंस्थाहरू छन् जसले ठूलो मात्रामा डाटा प्रयोग गरिरहेका छन् । त्यो डाटा पनि डाटा सेन्टरमा सुरक्षित गर्नेगरी हामीले योजना बनाएका छौं। त्यो योजना यो वर्ष कार्यान्वयन हुन्छ।
कति नेपाली जनतामा अहिले टेलिकमको पहुँच पुगेको छ?
संख्यात्मक हिसाबमा सतप्रतिशतमा टेलिकमको पहुँच पुगिसकेको छ। तर व्यावहारिक हिसाबमा के हुन्छ भने कुनै एक व्यक्तिले एकभन्दा बढी टेलिकम सेवा प्रयोग गरेको पाइन्छ।
सबै व्यक्तिले हातहातमा फोन प्रयोग गरेको भन्ने अवस्थाचाहिँ छैन। यसलाई हामीले कुन व्यक्तिले प्रयोग गरे भनेर खोज्न जान अप्ठ्यारो हुन्छ। त्यसैले संख्यात्मक हिसाबले हेर्दा आजको दिनमा सतप्रतिशत जनतामा टेलिकम पुगेको छ।
त्यसमध्ये नेपाल टेलिकमको सेवा लिने जनता कति छन्?
अहिले नेपाल टेलिकमको सेवा लिने ग्राहक संख्या एक करोड २५ लाखभन्दा बढी छ। यो नेपालमा दूरसञ्चार प्रदायक कम्पनीमा सबैभन्दा धेरै हो।
पछिल्लो केही समययता बजारमा अन्य दूरसञ्चार प्रदायक कम्पनी पनि आएका छन्। ती कम्पनीको तुलनामा हाम्रो सेवा लिने ग्राहकको संख्या बढी छ।
बजारमा आएका अन्य कम्पनीको तुलनामा नेपाल टेलिकमको सेवा गुणस्तरीय छैन भन्ने गुनासो सुनिन्छ। के साँच्चै ती कम्पनीको तुलनामा टेलिकमको सेवा गुणस्तरहीन भएको हो त ?
पक्कै पनि यदाकदा गुणस्तरको बारेमा कुरा उठ्ने गरेका छन। त्यो कुरा हामीले पनि स्वीकार्नुपर्दछ। सबैभन्दा पहिला यसलाई दुई किसिमले हेर्नुपर्छ।
पहिलो, हाम्रो आन्तरिक व्यवस्थापन, अर्को, बाहिरी कारण। आन्तरिक रूपमा हेर्दा, हामीले जुन सेवा देशभर सञ्चालन गर्नुपर्छ भनेर सञ्चालन गरेका छौं, त्यो सेवा एउटामात्रै छैन। विभिन्न प्रकारका सेवा सञ्चालन गरिरहेका छौं।
हामीसँग भएका जनशक्ति ती सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिरहेका छन्। अनि हाम्रो सेवा अरू प्रदायकको जस्तो एकै किसिममा मात्रै सीमित छैन । साढे ६ लाखको हाराहारीमा पीएसटीएन सेवाका ग्राहक छन।
हाम्रा अधिकांश कर्मचारी त्यो सेवा सञ्चालन गर्न र मर्मतका लागि खटिनुपर्ने अवस्था छ । एक करोड नौ लाखभन्दा बढी हाम्रा जीएसएम फोन छन् । भ्याइनभ्याई हाम्रा कर्मचारी त्यो सेवा सञ्चालन र मर्मतमा पनि खटिरहेका छन्।
यो कम्पनी नेपाली जनताको कम्पनी भएकाले सधै पहिलो स्थानमा नै रहिरहनुपर्छ भन्नर् मान्यताअनुरुप मार्केटमा नम्बर वानमै टेलिकम सेवा प्रदायक कम्पनीको रुपमा पुनस्थापित भएका छौं।
भित्री रूपमा हेर्दा उपकरण आउने समस्या, बिजुली आपूर्तिको समस्या, अनि भूकम्पले गर्दा विभिन्न ठाउँका घरहरूमा राखेका बीटीएस टावरहरू निकाल्नुपर्नेजस्ता समस्याले सेवाको गुणस्तरमा समस्या पर्न सक्छ। नेपालको लोडसेडिङलाई हेरेर कसैले उपकरण निर्माण गर्दैनन्।
एउटा ब्याट्री पाँच घन्टाभन्दा बढीलाई धान्नेगरी बनाउँदैनन्। तर, यहाँ एकैपटक ६ घन्टाभन्दा बढी लोडसेडिङ हुन्छ, जसले गर्दा हामीले किनेका उपकरण सञ्चालनमा एकदमै समस्या परेको छ।
नेपाल टेलिकमजस्तो सेवा प्रदायक कम्पनीलाई विद्युत् अत्यावश्यक छ। तपाईं देख्न सक्नुहुन्छ, काठमाडौंमा मात्र हाम्रा चार सय ४० भन्दा बढी बीटीएस छन्। लोडसेडिङका बेलामा ती सबै ठाउँमा जेनेरेटर राखेर सञ्चालन गर्न सम्भव हुँदैन। त्यसैले मुख्य स्थानमा जेनेरेटर राखेर सञ्चालन गरिरहेका छौं।
विद्युत्कै समस्याले गर्दा हाम्रो गुणस्तरमाथि कुरा उठ्ने गरेको छ। अनि मोबाइल सेवा र अन्य सेवा भनेको कस्तो हुन्छ भन्दा तिनीहरू पूर्ण प्रविधिमा आधारित हुने सेवा भएकाले कहिलेकाहीं आफैं पनि समस्या आउन सक्छ।
जस्तै, बाटो निर्माण गरिरहेको हुन्छ त्यो क्रममा हाम्रो तार काटिने समस्या आउन सक्छ, त्यो बेला एउटा क्षेत्रमा सेवा पूरै बन्द हुन्छ किनभने हामीले अप्टिकल फाइबरबाट हाम्रो बीटीएस, घरका फोनहरू जोडेका छौं जसले गर्दा केबल काट्नेबित्तिकै सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुन्छन्।
बाहिरी समस्याका रूपमा हेर्न हो भने हामी सरकारसँग जोडिएको संस्था भएको कारणले गर्दा सार्वजनिक खरिद ऐन पालना गर्नुपर्छ। त्यो ऐन पालना गर्दा कति सामानको प्रतिस्पर्धाको रूपमा काम गर्ने अवस्था हुँदैन।
कुनै बेला केही समस्या आयो भने त्यसका लागि केही चरण पूरा गर्नुपर्छ। त्यो भनेको हामीले सूचना निकाल्नेदेखि लिएर बोलपत्र आह्वान गर्ने अनि त्यसलाई मूल्यांकन गर्न, खरिद आदेश दिई त्यसलाई जडान गर्ने अवस्थासम्म निकै ढिला हुन्छ।
त्यसैले प्रतिस्पर्धी बजारमा अनि त्यो पनि निजी क्षेत्रको संस्थासँग प्रतिस्पर्धा गर्ने संस्थाको हकमा विशेष किसिमको नियम कानुन आवश्यक पर्छ। हामीले भन्न खोजेको, हामीलाई निजी क्षेत्रको कम्पनीजसरी छोडिदिनु पर्छ भन्ने होइन, नेपाल टेलिकममा जनताको लगानी भएकाले नियमहरू चाहिन्छ तर प्रतिस्पर्धामा आउन सक्ने हुनुपर्यो भन्नेमात्र हाम्रो आग्रह हो। त्यसो भइदिने हो भने धेरै हदसम्म सेवाको गुणस्तर सम्बोधन गर्न मद्दत पुग्छ।
मैले यो भन्नै पर्छ, टेलिकम यस्तो सार्वजनिक संस्था हो जसले पूर्ण रूपमा प्रतिस्पर्धालाई ध्यान दिनुपर्ने, गुणस्तरलाई ध्यान दिनुपर्ने, ग्राहकको चाहनालाई ध्यान दिनुपर्ने, विश्वव्यापी रूपमा आइरहेको प्रविधिलाई ध्यान दिनुपर्ने, यी सबै कुराको समायोजन गरेर सेवा प्रवाह गर्नुपर्ने संस्था भएकाले कतिपय ठाउँमा सेवाको गुणस्तरमा समस्या आएको ह.....
0 comments
प्रतिक्रिया दिनुश